सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१

सेती नदीमा दुई बेपत्ता

2565
Shares
सेती नदीमा दुई बेपत्ता

सेती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । हिजो र आज गरी दुई जना बेपत्ता भएका हुन् । आज दिउँसो नुहाउने क्रममा शिखर नपा–१ गेरुपानी भन्ने ठाउँबाट सेती नदीमै बगेर भारत सैदानपुर उत्तरप्रदेशका २४ वर्षीय विनोदकुमार बेपत्ता भएका छन् ।
उनी क्रसर अपरेटरका रुपमा दीपायलमा काम गरिरहेका थिए । सतना गेल्पा प्रालिले निर्माण गरिरहेकोे एयरपोर्ट स्तरोन्नति ठेक्कामा विनोद कार्यरत रहेको इप्रका दीपायलले जनाएको छ ।
त्यसैगरी मङ्गलबार दीपायलस्थित बाइसधारा क्षेत्रमा नुहाउने क्रममा अत्तरिया नपा–१३ का प्रेम बोहराका १७ वर्षीय छोरा निराजन बोहरा बेपत्ता भएका हुन् । उनी दीपायल सिलगढी नपा–४ एयपोर्टमा रहेका दिदीको घरमा भेटघाटका लागि आएका थिए । दिउँसो करिब २ः३० बजेतिर उनी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिनुभयो । रासस

2565
Shares

ट्रेन्डिङ