सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अमेरिकामा तीन पत्रकार सम्मानित

अमेरिकामा तीन पत्रकार सम्मानित

4665
Shares
अमेरिकामा तीन पत्रकार सम्मानित

७ मे, अमेरिका । अमेरिकाको बोष्टनबाट बीमा ठगीबारे निरन्तर समाचार लेख्ने तीन पत्रकार तथा लेखकलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सम्मानित गरेको छ । नेजाले सामुदायीक पत्रकारिता पुरस्कारबाट लेखक शिव प्रकाश र पत्रकारद्वय दिनेश कार्की र मनोज अधिकारीलाई १ हजार १ सय ११ डलर राशीको पुरस्कारबाट सम्मानित गरिएको हो ।
सम्मानित पत्रकारले पुरस्कार रकम चितवनको सानो घर नामक संस्थालाई सहयोग स्वरुप दिने घोषणा गरेका छन् । शनिबार भर्जिनियाको मनाससमा आयोजित साधारणसभामा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले चेक तथा प्रमाणपत्र हस्तान्तरण गरे । व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे ।
अमेरिकाको नेपाली समुदायमा बीमा ठगीसम्बन्धी समाचार लेखेबापत शनिबार भर्जिनियामा पुरस्कृत भएपछि उनले खराब प्रवृत्तिविरुद्ध सधंै कलम चलाउने प्रतिवद्धता जनाए ।
गतवर्षको फागुनमा प्रकाशित अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै शीर्षकको समाचारलाई तीन सदस्यीय छनौट समितिले उत्कृष्ट ठहर गरेको थियो । राजेश मिश्रको संयोजकत्वमा गठित समितिमा सञ्जय घिमिरे र कमला थापा थिए । समाचार प्रकाशित भएपछि पीडितहरुले बीमाका पोलिसीहरु धमाधम रद्द गर्दै सम्बन्धित निकायमा ठगीमा परेको भन्दै उजुरी दिएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार योगेश उपाध्याय, पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेललगायत झण्डै एकसयको हाराहारीमा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

4665
Shares

ट्रेन्डिङ