सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ‘प्लिज भिजिट नेपाल’ भन्दै इजरायलमा नेपालको पर्यटन प्रवर्द्धन

‘प्लिज भिजिट नेपाल’ भन्दै इजरायलमा नेपालको पर्यटन प्रवर्द्धन

5055
Shares
‘प्लिज भिजिट नेपाल’ भन्दै इजरायलमा नेपालको पर्यटन प्रवर्द्धन

इजरायल– दुई भागमा बाँडिएको पहिलो कार्यक्रमको अन्त्यमा इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावनादूत भगवती बस्नेतले भनिन्, ‘एक विदेशी पर्यटक नेपाल भित्रिँदा एयरलाइन्स, पाँचतारे होटलमात्रै नभएर, फुटपाथमा सुन्तला बेच्नेदेखि टुरिस्ट गाइड, भरिया र गाउँगाउँका होमस्टे सञ्चालकसमेत लाभान्वित हुन्छन् ।’
‘एक नेपालीले पाँचजनालाई मात्रै नेपालबारे जानकारी दिन सके इजरायलमा रहेका पाँच हजार नेपालीले ५० हजार इजरायली नेपाल भित्र्याउन सक्छन्,’ इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावनादूत बस्नेतले सुझाइन्, ‘दसजनालाई भन्न सके लाखौं पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।’
उनले नेपालको सांस्कृतिक सम्पदा संसारभरि चिनाउँदै पर्यटन प्रवद्र्धन गर्न निकट भविष्यमा पर्यटनसम्बन्धी छोटा÷छोटा फिल्म बनाएर प्रचार÷प्रसार गर्ने योजना सुनाइन् । भनिन्, ‘इजरायलमा स्थापित नेपाली संघ÷संस्था, नेपाली दूतावासको साझेदारीमा बृहत् प्रदर्शनी गरिनुका साथै यहाँ खुलेका ट्राभल एजेन्सीमा नेपाल पर्यटन बोर्डका पर्चा÷पम्प्लेट राखिनेछ ।’
नेपाली दूतावास इजरायल सहचारी भोजकुमार भट्टराईले पर्यटन प्रवद्र्धन गर्न समय÷समयमा जनचेतनामूलक कार्यक्रम गर्न सके नेपाल जाने पर्यटक बढ्ने विश्वास व्यक्त गरे । भट्टराईले पर्यटन प्रवद्र्धनमात्रै नभएर नेपाली कला संस्कृतिबारे विदेशीलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।
यसैगरी, झापाली समाज इजरायल अध्यक्ष गणेश गौतम ‘सागर’ ले प्रवासमा रहेका नेपालीले नेपाल चिनाउन कन्जुस्याइँ नगर्न आग्रह गरे । कार्यक्रममा एनआरएन आईसीसी सदस्य सुवास खरेल, जनसम्पर्क समिति उपाध्यक्ष राजेन्द्र खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य इजरायल सचिव दिया चापागाईं र कलाकार मञ्च सदस्य नूतन भुसालको उपस्थिति रहेको थियो । इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावनादूत भगवती बस्नेतको संयोजकत्व, नेपाली राजदूतावास इजरायलको सहयोगमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको दोस्रो भागमा हाइफामा बृहत् सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गर्न र्याली निकालिएको थियो । जातीय भेषभूषामा सजिएको र्यालीमा रहरलाग्दो देखिएको थियो । सहभागीले ‘प्लिज भिजिट नेपाल’ सहित सगरमाथा, गौतमबुद्ध, लुम्बिनीलगायत नेपालका पर्यटकीयस्थलको ब्यानर, नेपालका झन्डा फर्फराएका थिए । र्यालीमा सहभागीले ‘वल्र्ड हाइयस्ट माउन्टेन माउन्ट एभरेष्ट’, ‘नेपाल इज द ल्यान्ड अफ न्याचर, कल्चर एन्ड एडभेन्च्युअर’, ‘नेपाल इज फेमस अल ओभर द वल्र्ड फर इट्स न्याचर वन्डर्स÷टुवेरिङ हिमालयन पिक्स’, ‘नेपाल इज अफन नोन एज द बिगेस्ट न्याचुरल म्युजियम इन द वल्र्ड’, ‘नेपाल ह्याभ बिन द ड्रिमल्यान्ड फर ट्रेकर्स, माउन्टेनियर्स एन्ड न्याचर लभर फर अ लङ टाइम’ मा उल्लिखित प्लेकार्ड बोकेका थिए ।
इजरायलमा रहेको बहाइ गार्डेनको पहिलो गेटदेखि जर्मनी कोलनीसम्म पुगेको र्यालीमा सहभागीले ‘ट्रेकिङ इज द बेस्ट वे टु एक्प्लोर द न्याचुरल व्युटी अफ नेपाल’, ‘द ल्यान्ड अफ बुद्ध एन्ड द एभरेष्ट’, ‘द प्रिस्टिन न्याचर स्माइलिङ पिपुल एन्ड कल्चर आवर ट्रेजर’, ‘न्याचरर्स इज मिराकल ः वी ह्याभ अल अफ देम इन नेपाल’, ‘ल्यान्ड अफ प्याराडाइज एन्ड बायोडाइभर्सिटी हट स्पोर्टस् नेपाल’, ‘ल्यान्ड अफ इन्क्रेडिबल व्युटी एन्ड कन्ट्रास्ट’, ‘हाइयस्ट एलिभेसन ग्य्राडिएन्ट’, ‘नेपाल अफर्स टु मच टु डिसकभर सो वन् टाइम इज नट इनफ’, ‘नेपाल गार्डेन अफ न्याचर टु क्रियट व्याकयार्ड अफ प्याराडाइज’, ‘नेपाल अफर्स अल थिङ्स फर सेक अफ एक्सिसटेन्स अफ ह्युमन बिइङ्स’ र ‘नेपाल अफर्स नो कम्प्याराबल इन अर्थ सो डन्ट बि लेट’ लेखिएको प्लेकार्ड बोकेका थिए । र्यालीमा नेपाली र इजरायलीको समेत उल्लेख्य सहभागिता थियो । र्यालीमा नेपाल पर्यटन बोर्डको पम्प्लेट, नेपाल र सगरमाथाको नक्सा ट्राभल एजेन्सीलाई बाँडिएको थियो ।

5055
Shares

ट्रेन्डिङ