सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • धेरै भाग्यमानी हुन्छन यी व्यक्ति जस्को शरिरको यी पाँच स्थानमा कोठी हुन्छ

धेरै भाग्यमानी हुन्छन यी व्यक्ति जस्को शरिरको यी पाँच स्थानमा कोठी हुन्छ

9420
Shares
धेरै भाग्यमानी हुन्छन यी व्यक्ति जस्को शरिरको यी पाँच स्थानमा कोठी हुन्छ

ज्योतिषको आधारमा आज हामी तपाईंलाई शरिरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ ।
१. भाग्यको कोठीः
मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् । तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ । ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।
२. हत्केलाको कोठीः
हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।
३. नाकमा कोठीः
नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।
४. चिउँडोमा कोठीः
चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।
५. पिठ्युँमा कोठीः
जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन्।

9420
Shares

ट्रेन्डिङ