सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

4825
Shares
स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

रत्ननगर (चितवन), २ जेठ । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा अर्जुन श्रेष्ठले न्यून आय भएका बिरामीलाई सहज होस् भनेर यसरी छुटको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
अहिले अस्पतालले चौबीसै घन्टा आकस्मिक सेवासमेत दिइरहेको र वार्षिकोत्सवका अवसरमा एक हप्तासम्म विभिन्न छुटका स्वास्थ्य कार्यक्रमहरु ल्याएको उहाँले जानकारी दिनुभयो । अस्पतालले जेठ ३, ४ र ५ गते ओपिडी सेवा निःशुल्क गर्ने घोषणा गरेको छ । यस्तै, सिटी स्क्यान सेवा र अन्य स्वास्थ्य परीक्षणमा रु ५० प्रतिशत छुट, यही जेठ १ गतेदेखि बालरोग विशेषज्ञ सेवामा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म निःशुल्क ओपिडी स्वास्थ्य सेवा, हरेक महिलाको १ गते सम्पूर्ण विभागको ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।
जेठ ११ गते परेको विश्व थाइराइड दिवसका अवसरमा थाइराइड परीक्षणमा समेत ५० प्रतिशत छुट दिने अस्पतालका सञ्चालक ध्रुव काफ्लेले जानकारी दिनुभयो । अस्पताल हाल ५० श्ययामा सञ्चालित छ । निजी अस्पतालमध्ये उत्कृष्टमा पर्ने मनकामनाले एक वर्षमा १० हजार बिरामीको उपचार गरेको आज सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

4825
Shares

ट्रेन्डिङ