होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काभ्रे / जुवातास खेली रहेको अवस्थामा ८ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेको समयमा काभ्रेको पनौती नगरपालिका वडा नं ५ स्थित चौकोटमा घनश्याम अधिकारीको होटलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । उनका […]
काठमाण्डौ । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको ज्यान गएको छ । वीरेन्द्रनगर – ३ को गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार छन् । मोटरसाइकलको नम्बर नखुलेकाले चालकको खोजीका […]
सुर्खेत :- वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् । मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत […]
आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना […]
आज २०८० साल असोज १२ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत […]
प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा कारोबारीविरुद्ध निर्मम अप्रेसन चलाए पनि तस्करहरुले नयाँ–नयाँ जुक्ति निकालेर भित्र्याइरहेका छन्। भारतबाट साइकलको ह्याण्डिलभित्र लुकाएर ब्राउन सुगर नेपाल भित्र्याउने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। मंगलबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको टोलीले साइकलको ह्याण्डिलभित्र लुकाएर ब्राउनसुगर ल्याउने भीमदत्त नगरपालिका १९ बागफाँटाका ३२ बर्षिय रामकिशन रानालाई पक्राउ गरेको हो। लागु […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच जनवादी विवाह भएको छ। बुधबार नेकपा माओवादी विप्लवको पार्टी मुख्यालय कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो । पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा सबैले नवदम्पतीलाई टीका लगाएर शुभकामना दिएका थिए भने […]
काठमाडौँ, ११ असोज । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग […]
काठमाडौ, ११ असोज । नेपालको सार्वजनिक ऋण झन् बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने […]
काठमाडौं, ११ असोज : नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अभियन्ता ईंः ले उठाएका माग पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनले ईंः का नाममा सामाजिक सञ्जालमा खुलापत्र लेख्दै आफ्नो प्रष्टीकरण दिएका हुन् । ईंले कतैबाट परिचालित भएको भनेर उनले उठाएका मागहरुलाई आफूले नपन्छाउने बालेनले बताएका छन् । आफूसँग वार्तामा बस्न आग्रह गर्दा ईंःले नमानेको […]
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा-धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम चार […]