विनाशकारी भूकम्पको ७ वर्ष पूरा
काठमाडौं, १२ वैशाख : गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो। […]