पेस्तोल देखाएर ५० लाख लुटपाट
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा गाउँमा डाकाहरुको समूहले गए राति बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्। राति १ः३० बजे जयकिशोर चौधरीको घरमा पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय […]