काभ्रेमा चलचित्र छायांकन स्टुडियो बनाउने सरकारको निर्णय
काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायांकन स्टुडियो बन्ने भएको छ । स्टुडियो निर्माण आयोजनाका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरेको छ । गत मंगलवार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । […]