निःशुल्क स्वास्थ्य शिविर
माघे सङ्क्रान्ति मेलामा आउनेलाई लक्षित गरेर रिडीमा निःशुल्क स्वास्थ्य शिविरबाट ३५० भन्दा बढीले फाइदा लिएका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम रुरु क्षेत्रको रिडीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका तथा वृद्धवृद्धा स्वास्थ्य सेवा पाएपछि खुसी छन् । जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको चण्डीप्रसाद गण, पाल्पाले राखेको शिविरमा बालबालिका, वृद्धवृद्धा, महिलाले स्वास्थ्य जाँच […]