साहको मृत्यु डेंगुले भएको होइन ः जनस्वास्थ्य
बनियानी, झापा, ७ कात्तिक , झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका कारण मृत्यु भएको भनिएको बिर्तामोड नगरपालिका–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको अन्य कारणबाटै मृत्यु भएको उक्त कार्यालयका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिनुभयो । “साहको अन्य कारणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “हामी अनुसन्धान गर्दैछौँ ।” […]