काभ्रेमा पनि हिउँ पर्न सुरू
काभ्रेको बेथानचोक गाउँपालिकाको माथिल्लो भागमा हिउँ पर्न सुरू भएको छ । आज बिहानै देखि हिउँ पर्न सुरू गरेको पर्यटन ब्यवसायी कमल प्रसाद नेपालले जानकारी दिनुभयो । बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तिहरु र बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा व्यापक हिमपात भएको छ । […]