अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाइने
एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसलाई देशभर भव्यरुपमा मनाउन सञ्चार क्षेत्रमार्फत व्यापक प्रचारप्रसार गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको प्रचारप्रसार समितिको बैठकले दिवसलाई भव्यरुपमा मनाउन सञ्चार माध्यमको अत्यधिक प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनलाई सशक्त ढङ्गले दिवसको प्रचारप्रसार गर्न निर्देशनसमेत दिएको छ […]