एमालेको एकता प्रक्रिया पुनः धरापमा, नेपाल टसमस नभएपछि ओली रुष्ट
काठमाडौं, असार २१ : एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्। नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए। कांग्रेस सभापति शेरबहादुर […]