सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् […]