वी. पी स्मृती दिवसमा नेपाली कांग्रेस काभ्रेले गर्यो वृक्षारोपण
काभ्रे : जननायक विश्वेश्वरप्रसाद (वी.पी) कोइरालाको ४१ औं स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रेले बनेपा–५ ओपीमा वृक्षारोपण गरेको छ । नेपाली कांग्रेस काभ्रे, भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाको आयोजना, नेपाली कांग्रेस बनेपा नगर समितिको व्यवस्थापन, नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर समितिको सहआयोजनामा बनेपामा कार्यक्रम गरिएको हो […]