१३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
झापा । झापामा १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय रानामगर र २६ वर्षीय सुजन स्याङ्तान रहेको प्रहरीले जनाएको छ […]