आगलागी हुँदा रु दुई लाख बराबरको क्षति
पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताउनुभयो । […]