होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काभ्रे / पाँचखाल नगरपालिका र किङ्स कलेजको संयुक्त आयोजनामा सुरु भएको कम्युनिभर्सिटी समर प्रोग्राम यही साउन ३२ गते सम्पन्न भएको छ । यही असार ३ गतेदेखि २ महिनासम्म पाँचखालस्थित सर्वमंगला बहुमुखी क्याम्पसमा सन्चालित फेलोसिपको दीक्षान्त समारोह पाँचखाल नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीहरूको सिकाइलाई समाज र सिप उन्मुख बनाउने […]
सान्तियागो : चिलीका वैज्ञानिकले अन्तरिक्षमा एउटा विशाल ग्रह पत्ता लगाएका छन्। यो ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिभन्दा ११ गुणा ठूलो छ। यो ग्रहले दक्षिणी आकाशमा दुईवटा चम्किला ताराको परिक्रमा गरिरहेको छ। यसलाई ‘बी सेन्तौरी’ नाम दिइएको छ। यसले विश्वभरका वैज्ञानिकलाई आश्चर्यचकित पारेको छ। यो खोजले ग्रहहरूको निर्माण र विकासको प्रचलित मान्यतालाई चुनौती […]
वैज्ञानिकहरूले हालै पृथ्वीको उत्तरी ध्रुवमाथि रहेको वायुमण्डलमा अनौठो परिघटना पत्ता लगाएका छन् । उत्तरी ध्रुवको सतहभन्दा २५९ माइलको उचाइस्थित वायुमण्डलमा सोली आकारको खाली ठाउँ अर्थात् भ्वाङ फेला परेको छ, जुन पृथ्वीको चुम्बकीय क्षेत्रमा खुल्दछ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार दिनमा एकपटक मात्र आकाशमा यस्तो भ्वाङ देखिने गरेको छ । उत्तरी ध्रुवमा स्थानीय समय […]
काठमाडौँ, मंसिर ३ : आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको […]
नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर कार्तिक १ देखि ९० दिन लागु हुने छ । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर : अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक […]
काठमाडौं । फेसबुक विश्वको लोकप्रिय सामाजिक संजाल हो । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय फेसबुकमा डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न नै खडा […]
नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए। यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ। फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म […]
फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः सुचारु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो । करिब ६ घण्टापछि अरबौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी […]
अभिनेत्री ऋचा शर्मा आफ्नो करिअरको दोस्रो चरणमा छिन्। यो चरणमा उनी अभिनयसँगै व्यवसायीका रूपमा सक्रिय भएकी छन्। उनको व्यवसाय पनि चलचित्र क्षेत्रसँगै जोडिएको छ। बुधबार उनले सञ्चालनमा ल्याएको ‘चलचित्र टिभी एप’ औपचारिक रूपमा सार्वजनिक भएको छ। ऋचाले एक महिनाअघि आफ्नो इस्टाग्रामबाट ‘चलचित्र टिभी एप’ बारे जानकारी दिएकी थिइन्। उक्त एप मार्फत देश तथा विदेशमा रहेका […]
वासिङ्टन डिसी, २३ जेठ:विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो । नयाँ सुविधा […]
अनलाइन गेमिङका शौखिनहरु पछिल्लो समय ह्याकरहरुको निसानामा पर्न थालेका छन् । हालै सार्वजनिक एक रिपोर्ट अनुसार साइबर अपराधीहरुले एक चर्चित ट्रोजन मालवेयर अर्थात् भाइरसको मद्धतले गेमर्सहरुका डाटा चोरी गरिरहेका छन् । उक्त भाइरसले ह्याकरहरुलाई प्रयोगकर्ताको पासवर्ड चोरी गर्नमा सहयोग गर्दछ । साइबर सेक्योरिटी विशेषज्ञहरुका अनुसार, यो भाइरस निकै खतरनाक छ । यो भाइरसले खासगरी गेमिङका […]
चीनले सन् २०२२ मा एक डिजिटल युआन मुद्रा ल्याउन चाहन्छ, जसको नाम हो इ-आरएमबी । सन् २०२२ मा चीन जाने मानिसहरुले यहीँ नयाँ डिजिटल मुद्रामा किनमेल वा लेनदेन गर्नुपर्ने हुनसक्छ । यो यस्तो मुद्रा हुनेछ जुन देख्न सकिँदैन, न त यसलाई अन्य नोटजस्तै हातमा समाउन सकिनेछ । यो कुनै कल्पना होइन । एउटा समय यस्तो […]