सोविता गौतमले जितिन् विश्वकै उत्कृष्ट युवा राजनीतिज्ञको उपाधि
काठमाडौं, साउन ४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अर्थात विश्वकै उत्कृष्ट युवा राजनीतिज्ञको उपाधि जितेकी छिन् । आयोजक वन योङ वर्ल्डका अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् । […]