लाइसेन्सको आवेदन अनलाइबाटै
सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि अब घन्टौ लाइनमा बसेर फारम लिने र बुझाउने झन्झटकासमाप्त भएका छन् । आज सोमबारबाट यातायात व्यवस्था विभागले अनलाइनबाटै फारम भर्ने सुविधा सुरु गरेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन फारमको व्यवस्थापछि घन्टौं लाइन बस्नुपर्ने बाध्यता र बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना केही हदसम्म कम हुने बताइएको छ […]