हैजाका कारण सोमालियामा एक सय छ्यानब्बे जनाको मृत्यु
हैजाका कारण सोमालियामा गत जनवरीदेखि अहिलेसम्म १९६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयोजकले दिएको जानकारी अनुसार सन् २०१७ सुरु भएदेखि अहिलेसम्म ११ क्षेत्र, ३८ जिल्लाका सात हजार ९०९ जनामा हैजाको प्रकोप देखिएको छ । हैजा फैलिएका ठाउँका समुदायका लागि स्वास्थ्यसम्बन्धी साझेदार निकायहरुले सहयोग गरिरहेको पनि पछिल्लो ताजा […]