सप्तरीको पूर्वी भेगमा दुईफिट बाक्लो असिना
वर्षासँगै परेको असिना पानीले गर्दा सप्तरी जिल्लामा लगाइएको विभिन्न बालीमा ठूलो क्षति पुगेको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा अत्यधिक मात्रामा परेको असिनाले पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर, रुपनगर, बक्दुवा, जण्डौल र बरमझियालगायत ठाउँमा करिब दुई फिटसम्म असिना जमेको छ । त्यस्तै, वर्षासँगै परेको असिनाले जिल्लामा रहेको आँप, गहुँबाली, मुंगसहित आँपको मुजुरामा ठूलो क्षति पुयाएको रुपनगरका […]