सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेमा किम्बु खाँदा एक बालकको मृत्यु

काभ्रेमा किम्बु खाँदा एक बालकको मृत्यु

1275
Shares
काभ्रेमा किम्बु खाँदा एक बालकको मृत्यु

काभ्रे :- जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ४ काफ्लेथोकमा एक बालकको किम्बू खाएर निरन्तर वान्ता हुँदा निधन भएको छ ।

नमोबुद्ध नगरपालिका काफ्लेथोक निवासी गणेश प्रसाद मैनालीका १२ वर्षिया छोरा प्रशान्त मैनालीले स्कुलबाट घर फर्कने क्रममा किम्बु खाँदै गएकोमा घर पुगी अत्याधिक वान्ता भएको र मेथिनकोट अस्पताल भकुण्डेमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका बालकको शव पोस्टमार्टम पछि शव आफन्तले बुझि लिईसकेको र थप अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

1275
Shares

ट्रेन्डिङ