होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काभ्रे / जुवातास खेली रहेको अवस्थामा ८ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेको समयमा काभ्रेको पनौती नगरपालिका वडा नं ५ स्थित चौकोटमा घनश्याम अधिकारीको होटलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । उनका […]
काठमाण्डौ । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको ज्यान गएको छ । वीरेन्द्रनगर – ३ को गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार छन् । मोटरसाइकलको नम्बर नखुलेकाले चालकको खोजीका […]
सुर्खेत :- वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् । मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत […]
काठमाडौं :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुुन । बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनी […]
काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित स्वदेश फर्किएका हुन । अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। बिमानस्थलमा कार्यबहाक प्रधानमन्त्री पुर्णबहादुर खडका, सभामुख देबराज घिमिरे, राष्ट्रिय […]
काठमाण्डाै :- डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन […]
काठमाडौं । नेपालमा मनसुन केही दिन ढिलो गरि बाहिरिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष बुलेटिन जारी गर्दै मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिएको बताएको छ । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको […]
आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना […]
सुनसरी :- गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्ड बाट शुक्रबार सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएकाहरू भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय […]
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेको साँगाबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए । फिल्म ‘रावायण’ अभिनयका लागि […]
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । नेपालभन्दा भारतमा पेट्रोल सस्तो भएपछि तस्करी हुन थालेको हो । पेट्रोलियम पदार्थको तस्करीमा ट्यांकर व्यवसायी नै संलग्न रहेको पनि फेला परेको छ । नेपालको तुलनामा भारतमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा सस्तो पर्छ । केही वर्षअघिसम्म भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएर […]
काठमाडौं :- भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने […]