सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा ३ ओटा घरमा बम, करोडौपर्ने बुद्धचित्त मालाको बोट काटियो

काभ्रेमा ३ ओटा घरमा बम, करोडौपर्ने बुद्धचित्त मालाको बोट काटियो

1640
Shares
काभ्रेमा ३ ओटा घरमा बम, करोडौपर्ने बुद्धचित्त मालाको बोट काटियो

काभ्रेको रोशीमा घरवरिपरि बम राखेर अज्ञात समूहले करोडौ मूल्य पर्ने बुद्धचित्त मालाको बोट काटिएको छ ।

जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ५ शिसाखानीमा ठाकुरानी तामाङको घरवरिपरि बम राखेर अज्ञात समूहले करोडौको बुद्धचित्त मालाको बोट काटिएको हो ।

तीन ओटा घरको आगनमा पाँच वटा बमजस्तो देखिने वस्तु राखेर गत आर्थिक बर्षमा ९० लाखमा बेचको बुद्धचित्त मालाको बोट काटिएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेका छन ।

1640
Shares

ट्रेन्डिङ