सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • दुर्गम खानिखोलामा सुमो सुचारु ,आवजजावतमा सहज हुने आशा

दुर्गम खानिखोलामा सुमो सुचारु ,आवजजावतमा सहज हुने आशा

1350
Shares
दुर्गम खानिखोलामा सुमो सुचारु ,आवजजावतमा सहज हुने आशा

काभ्रे :- जिल्लाको कर्णाली अर्थात डाडापारीक्षेत्रको खानिखोला गाउपालिकाको केन्द्र वडा न ५ ताल्ढुङा सम्म गाउपालिका र खानिखोला यातायात प्रा लिको समन्वयमा सुमो सन्चालनमा ल्याईएको हो ।

अहिले सम्म २ वटा बस मात्र सन्चालन रहेको यस क्षेत्रमा अब भने सहज यात्रा गर्न पाउने आशा स्थानियले गरेका छन । हाल सम्मपनि कुनै पक्की सडकले नछोएको गाउँपालिकामा पुग्न जिल्ला सदरमुकामबाट घन्टौंको यात्रा त्यो पनि अत्यन्तै जोखिम पुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

सोही गाउँपालिकाको केन्द्र हुँदै प्रदेश केन्द्र जोड्नका लागि केही समय अघिमात्र बागमती प्रदेश सरकारले क्याविनेट बाट नै समपुरक बजेटका लागि केन्द्र सरकारलाई सिफारिस गरेको छ । सिफारिसमा पनौती – खोपासी – ताल्ढुङा – हेटौडाका लागी ९९ करोड सिफारीस गरेको थियो ।

आज नयाँ बर्षको अवसर पारी खानीखोला यातायात प्रा लिले हाललाई पाच वटा सुमो सन्चालन गर्दै छ । हाललाई बनेपाबाट ताल्ढुङा पुगेको एक हजार शुल्क तय गरिएको छ ।

सुमोको पालिकाको केन्द्रमा समुदघाटन गर्दै पालिका अध्यक्ष इन्द्र ब तामाङले सुमो सन्चालनले गाउपालिका बासीलाई थप सहजता प्रदान हुनेमा आफू विस्वस्थ रहेको बताए । उनी सङै खानिखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले पनि सुमो सन्चालनले गाउपालिकाको सेवाका लागी गाउपालिका केन्द्र आउने आम जन समुदायलाई सहजता हुनेमा विस्वास ब्यक्त गरे।

खानिखोला यातायात प्रा लिका अध्यक्ष राजकुमार बब्जाराले यो कमाई सङै सेवाभाबले समेत सुरु गरेका हौ । यात्रुको साहायतालाईमा ध्यानमा राख्दै सुमोमा यात्रा गर्नेलाई बनेपा , धुलिखेल र ताल्ढुङाका नजिक घर घरमै पुर्याउने बाचा समेत गरे ।

एक हप्तालाई मध्यनजर गर्दै अहिले तय गरेको दुई रुटलाई ध्यान दिएर आवस्यक रहे थप गर्ने बाचा समेत गरेका थिए । अहिलेलाई दुई रुटमा खोपासी च्याल्टी जुरे ताल्ढुङा र बनेपा च्याम्राङबेशी महाङकाल तालढुङा रुट तयार गरिएको छ ।

1350
Shares

ट्रेन्डिङ