सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बुद्धचित मालाको बोट काटिएको जिम्मा नेपाल कम्युनिस्ट पार्टी माओबादीले लियो

बुद्धचित मालाको बोट काटिएको जिम्मा नेपाल कम्युनिस्ट पार्टी माओबादीले लियो

1600
Shares
बुद्धचित मालाको बोट काटिएको जिम्मा नेपाल कम्युनिस्ट पार्टी माओबादीले लियो

काभ्रे :- जिल्लाको रोशी गाउँपालिका–५ नागबेलीमा वुद्धचित्तको रुख काटेको जिम्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिएको छ ।

महासचिव महावीरले विज्ञप्ति जारी गर्दै रोशी गाउँपालिकाको उत्पीडित र सर्वसाधारण जनताको माग बमोजिम बुद्धचित्त मालाको रूख आफ्नो पार्टीको नेतृत्वमा काटिएको बिग्यप्तीमा उल्लेख गरेका छन ।

विज्ञप्तिमा उल्लेख छ । ‘हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा काभ्रेका रोशी गाउँपालिकाको उत्पीडित र सर्वसाधरण जनताको माग बमोजिम बुद्धचित्त मालाको रूख हाम्रो पार्टीको नेतृत्वमा काटिएको जानकारी यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराउँछौं । दलाल राज्य प्रशासनले जनताको पार्टी र जनताको सेना र सत्ता निर्माण भइसकेको हुँदा जनतालाई दमन र धरपकड गर्न कोशीस गरेमा हाम्रो पाटीले जस्तोसुकै प्रतिरोध गर्न बाध्य हुनेछौं ।’

राज्य प्रशासनको आडमा तस्करहरू र दलाल राजनीतिक दलको नेतृत्व र त्यसका गुण्डाहरुको कारण बुद्धचित्त मालाका रूपमा प्रयोग गरिने रुखको कारण स्थानीयलाई पटकपटक राज्यद्वारा दुःख दिईएको र झुट्टा मुद्दा लगाईकाले रुख काटिएको विज्ञप्तिमा समाबेश गरेर बिग्यप्ती जारी गरेका छन

गत चैत २९ गते मध्यरातीको आसपासमा काभ्रेको रोशी गाउँपालिका ५ नागबेलीमा करोडौं पर्ने बुद्धचित्तको रुख काटिएको थियो । फूल फुल्दै गरेको उक्त रुख यो वर्ष ३ करोडमा विक्री गरिएको थियो । बुद्धचित्त रुख काटेको अभियोगमा नेकपा माओवादीका नेता तथा जनमुक्ति सेनाका पुर्व कमाण्डर सहित चार जनालाई पक्राउ काभ्रे प्रहरीले गरेको छ ।

प्रहरी श्रोत अनुसार पक्राउ परेका मध्य एक जना रिहाई भैसकेको छन । पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पुर्व कमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङ हुन् ।

माला धनीले भने ८ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन । यस अघिका वर्षमा समेत यही माला चोरी भएको भन्दै उजुरी दर्ता भएको थियो ।

विज्ञप्ति हेर्नुस् :-

1600
Shares

ट्रेन्डिङ