सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू पनि बन्द

म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू पनि बन्द

4370
Shares
म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू पनि बन्द

एजेन्सी । म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द भएका छन् ।

बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् ।

सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो ।

सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमले काम नगरेको हुनसक्ने उपभोक्ताको भनाइ छ ।

केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको सोमबार नै घोषणा गरेका छन् ।

इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् ।

 

4370
Shares

ट्रेन्डिङ