सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

505
Shares
साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।

मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो ।

महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।

505
Shares

ट्रेन्डिङ