रुपन्देही हत्या अपडेट : मृतकहरूको परिचय खुल्यो
रुपन्देही: रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा उनीहरूको हत्या भएको हो। […]