सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एसईई दिएर बाहिरिने क्रममा विद्यार्थीमाथी चक्कु प्रहार, ४ जना घाइते

एसईई दिएर बाहिरिने क्रममा विद्यार्थीमाथी चक्कु प्रहार, ४ जना घाइते

1765
Shares
एसईई दिएर बाहिरिने क्रममा विद्यार्थीमाथी चक्कु प्रहार, ४ जना घाइते

काठमाडौँ | बझाङमा एसईई दिएर बाहिरिने क्रममा बिद्यार्थीमाथी कुटपिट भएको छ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका ५ को खप्तड मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कने क्रममा खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका १८ वर्षिय खपिस थापा माथी कुटपिट भएको प्रहरीले जानकारी दिएको छ ।

थापा माथी खप्तडछान्ना गाउँपालिका ५ का बालकेश सिंह र आनन्द सिंहको समुहले कुटपिट गरेको जनाइएको छ। उनीहरुले परीक्षा दिएर केन्द्रबाट बाहिर निस्केका थापाको टाउको, हात, पेटमा चक्कु प्रहार गरी फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै उता दुर्गाथली गाउँपालिकामा पनि एसईई दिएर फकर्ने क्रममा दुई जना विद्यार्थीमाथी कुटपिट भएको छ । आज अन्तिम दिनको परिक्षा दिएर फर्कने क्रममा दुर्गाथली गाउँपालिका १ मोरीबगरमा छविस पाथिभेराम गाउँपालिकाका १ का अभिशेक भण्डारी र खप्तडछान्ना गाउँपालिका २ का बिमल बोगटी माथी कुटपिट भएको प्रहरीले जनाएको छ ।

भण्डारी र बोगटीलाई दुर्गाथली गाउँपालिका १ का प्रकास खाती लगायत तीन÷चार जनाको समूहले हातपात गरेको जनाइएको छ। कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको र अहिले उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

त्यस्तै आज नै मष्टा गाउँपालिकाको भातेखोलामा रहेको कुलमष्टजन मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्किने क्रममा मष्टा गाउँपालिका ६ का मुन्ना बोहरामाथी पनि कुटपिट भएको छ।

बोहरालाई बिमल बुढा, बादल बुढा लगाएतको समुहमा आएका केटाहरुले हातपात गरेका हुन । कुटपिटबाट बोहराको अनुहारमा चोट लागेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।

1765
Shares

ट्रेन्डिङ