सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • साँगा–धुलिखेल सडक बिस्तार कार्य रोक्न अदालतको उत्प्रेषण आदेश

साँगा–धुलिखेल सडक बिस्तार कार्य रोक्न अदालतको उत्प्रेषण आदेश

1555
Shares
साँगा–धुलिखेल सडक बिस्तार कार्य रोक्न अदालतको उत्प्रेषण आदेश

काभ्रे | अरनिको राजमार्ग अन्र्तगत निर्माणाधिन साँगा–धुलिखेल सडक खण्डको कल्भर्ट निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश दिएसँगै सडक बिस्तार कार्यमा अन्यौल्ता श्रृजना भएको छ ।

अरनिको राजमार्ग अन्र्तगत बनेपा नगरपालिका वडा नं ६ स्थित बूडोलमा २०२१ सालको निर्णय बमोजिम सिमाङ्कन भएको सडक सीमा क्षेत्रभन्दा बाहिर गई बिस्तार कार्य हुदाँ स्थानीयको जग्गामा समेत असर पर्ने गरी कल्र्भट निर्माण तथा कल्भर्ट बहने ढलको बहाव समेत परिर्वतन गरी निर्माण कार्य भएपश्चात उच्च अदालत पाटनमा रिट निवेदन पेश गरिएको थियो ।

उक्त कार्य नगर्न र नगराउन हुन उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षी आयोजनाको नाममा चैत्र २ गते उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारीगरेको थियो । सोही आदेशमा लिखित जवाफपछि निवेदनलाई अग्राधिकार दिन समेत अदालतले आदेश जारी गरेको छ । निवेदनको सुनुवाईमा पेशी स्थगन गर्न नपाउने कुराको दुवै पक्षलाई जानकारी दिई नियमानुसार पेश गर्नेका लागि समेत अदालतले आदेश जारी गरेको हो ।

अदालतको उक्त आदेशपश्चात बिस्तार कार्यमा अन्यौल्ता देखिएको छ । कल्र्भट निर्माणका लागि सडकलाई डाईभर्सन गरेपछि सो सडक हुदैं ओहोर–दोहोर गर्ने यात्रुहरुले वर्षामा सडक हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सास्ती खेप्दै आएका छन् ।

अदालतको आदेश र उक्त विषयलाई लिएर जन समुदायले राखेको गुनासोलाई सम्बोधन गर्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय काभ्रेले केही दिन अघि विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको थियो । छलफलमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले उक्त समस्यालाई चाँडै नै समाधान गर्न आफूले पहल गर्ने बताए । आदेश र अन्य कारणले गर्दा अन्यौल्ता देखिएको सडक बिस्तार कार्यमा ढिलाई नहुने उनले दाबी गरे ।

सूर्यविनायक–धुलिखेल कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म ८.४ किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो। विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको ३.२ किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका अनुसार ३ वर्षभित्र पूरा हुने गरी ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्ड विस्तार ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ ।

1555
Shares

ट्रेन्डिङ