सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको कोरोना परीक्षण

हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको कोरोना परीक्षण

4135
Shares
हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको कोरोना  परीक्षण

काठमाडौँ, २६ जेठ :सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ ।

पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । गत २४ घण्टामा पिसीआर विधिबाट चार हजार ७६६ र आरडिटी विधिबाट ११ हजार ९४२ गरी जम्मा १६ हजार ७०८ परीक्षण सम्पन्न भएको छ । हाल सातै प्रदेशमा गरी एक लाख ६६ हजार ६६८ जना क्वारेन्टिनमा रहेका छन् ।

सरकारले प्रयोगशालाको दायरा बढाउन गजेन्द्रनारायण प्रादेशिक अस्पताल राजविराजमा प्रयोगशालाको स्थापना भएको छ । अब सोही अस्पतालबाट पीसीआर परीक्षण हुनेछ । यससँगै देशभरमा प्रयोगशालाको सङ्ख्या २१ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेशनमा कूल तीन हजार २६० व्यक्ति उपचाररत रहेको डा गौतमले जानकारी दिनुभयो ।

कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या आज २१ जना रहेको छ । यीमध्ये २० जना पुरुष र एक जना महिला छन् । आज डिस्चार्ज हुनेमा सबै १३ देखि ५२ वर्षसम्मका छन् । बाँकेस्थित खजुराबाट नारयणापुरका २० जना पुरुष डिस्चार्ज भएका छन् । उहाँहरु १५ देखि २० दिनमा डिस्चार्ज हुनुभएको हो ।

कोभिड–१९ युनिफाइड अस्पतालबाट २३ वर्षिया महिला पाँचौँ दिनमा अस्पताबाट डिस्चार्ज हुनुभएको छ । यससँगै अहिलेसम्म ४८८ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ४१९ पुरुष र ६९ महिला छन् । कोभिड–१९ का सङ्क्रमित दिनहँु बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । आइतबार मात्रै एकै दिन १०२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए ।

4135
Shares

ट्रेन्डिङ