तेस्रो मुलुकबाट फर्कँदै काभ्रेली
काभ्रेपलाञ्चोक, २६ जेठ : तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका नागरिक फर्कन थालेका छन् । पहिलो चरणमा गत शुक्रबार युएईबाट एक महिलासहित तीन काभ्रेली फर्किएका हुन् । विदेशबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेकालाई तीनैलाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइएको थियो । पनौनी नगरपालिकाको एक महिला, नमोबुद्ध नपाको एक र रोशी गाउँपालिकाका एक फर्किएका […]