सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • दसैँमा घर जाने सैनिक परिवारलाई निःशुल्क यातायात सुविधा

दसैँमा घर जाने सैनिक परिवारलाई निःशुल्क यातायात सुविधा

865
Shares
दसैँमा घर जाने सैनिक परिवारलाई निःशुल्क यातायात सुविधा

काठमाडौँ । बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सैनिक र उनीहरुका परिवारले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । सडक मार्गमा बस र दुर्गममा हवाई उडान मार्फत घर जान यातायात सुविधा उपलब्ध गराउने निर्णय गरिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए ।

बडादसैँमा घर जाने सैनिक तथा परिवारका सदस्यहरुले असोज २१ बाट नै यात्रा गर्न थालेका छन् । सहुलियत यातायात सुविधा कार्तिक २ गतेसम्म संचालन हुनेछ । सैनिक प्रवक्ता भण्डारीका अनुसार मंगलबार सम्ममा बस मार्फत ४ सय २१ जना र हवाई उडान मार्फत ६ सय ५ जनाले यात्रा गरिसकेका छन् ।

865
Shares

ट्रेन्डिङ