सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • ओके जानुको ट्रेलर सार्वजनिक

ओके जानुको ट्रेलर सार्वजनिक

7125
Shares
ओके जानुको ट्रेलर सार्वजनिक

डब्लु नेपाल । मंसिर २७
जनवरी १३ मा रिलिज हुन लागेको चलचित्र ‘ओके जानु’मा दुई कलाकारले यूवापुस्ताको प्रेम, रिलेशन सम्बन्धको कथा रहेको छ । सो चलचित्रमा ‘आशिकी २’का मुख्य कलाकार आदित्य रोय कपुर र श्रद्धा कपुरले मुख्य अभिनय गरेको छ ।
अहिलेको समयमा यूवापुस्ताको प्रेम, रिलेशनका कथाले बलिउड चलचित्रमा राम्रो स्थान पाइरहेको छ । गत शुक्रबार रिलिज भएको चलचित्र ‘बेफिक्रे’ले पनि यस्तै कथाबस्तु आधारित बनेको दर्शकहरु बताउँछन् ।
चलचित्र ओके जानुमा भने अरु बलिउडका चलचित्र भन्दा बढि बेडसिन, बोल्ड दृश्य, चुम्बनका दृश्य रहेको बताएइको छ । चलचित्रमा सपना पुरा गर्नका लागि अमेरिका र पेरिस जान लागेका यूवायूवतीले बिताएको समयमा यो चलचित्रको कथा समावेश गरिएको छ ।
साद अलीले यो चलचित्रको निर्देशन गरेका चलचित्र रिलिज हुने समय नजिक आएउँदै गर्दा निर्माणपक्षले यसको ट्रेलर रिलिज गरेको छ ।
ओके जानुको ट्रेलर तल हेर्नुहोला ।

7125
Shares

ट्रेन्डिङ