सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

595
Shares
जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

चितवन । चितवनमा बाबु छोरी सवार मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।

मंगलबार साँझ भरतपुर महानगरपालिका(१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको हो ।

१५ बर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

595
Shares

ट्रेन्डिङ