सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • धुलिखेलमा १२ बर्षे हरिसिद्धि जात्रा आजबाट सुरु

धुलिखेलमा १२ बर्षे हरिसिद्धि जात्रा आजबाट सुरु

7115
Shares
धुलिखेलमा १२ बर्षे हरिसिद्धि जात्रा आजबाट सुरु

धुलिखेल नगरपालिकामा १२ बर्षे हरिसिद्धि जात्रा आज साँझबाट सुरु भएको छ ।

हरिसिद्धि जात्राका लागि धुलिखेलको पुरानो बजारलाई बेहुली झै सिंगारिएको छ । जात्राको अवसर पारेर धुलिखेल नगरपालिकाले आईतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । जात्राको तयारी पुरा भएको छ ।

 

यस्तो छ १२ बर्षे हरिसिद्धि जात्राको महत्व
१२ बर्षे हरिसिद्धि जात्रामा हरिसिद्धि नाच हुन्छ । यहाँ ललितपुरको हरिसिद्दीबाट देबघान आइ धुलिखेल नगरमा नाच्ने गर्दछन् । नेपालमा यद्यपी हरसिद्धि देविसित सम्बद्ध स्थलहरु अनेकौ छन् । तथापी यी देवीका मन्दिरहरु ललितपुर र धुलिखेलमा दुईओटा प्रसिद्ध छन् । धुलिखेलका हरसिद्धि ललितपुरबाटै लगेर त्यहाँ स्थापना गरिएका थिए ।

हरसिद्धि देवी देशको रक्षार्थ, जलवृष्टि गरी सहकाल भित्र्याउने तथा समाजको कल्यान गर्ने दत्यहरुको अन्त्य गर्ने देवताको रुपमा पुजीन्छ र पुकार गरीन्छ ।
यस जात्रामा पहिलो चरण विहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धि देवीको स्मरण गरी भक्तिपुर्वक बाध्य वादन (द्योग ल्हायगु) गरी मन्दिर अगाडि पुग्छन् ।

एकैछिनको मन्दिर अगादि पालैसित नाचेर मन्दिर माथि जान्छन् । त्यसपछि अदृश्य नाच सुरू हुन्छ । यस नाचमा बाजाहरु भुस्या, प्वङ्गा, डमोखि, ताँः बजाउ छन् ।

यसरी विविध तालमा बाजा बजाउन सुरू हुन्छ यस समयमा अगाडिको डबलीमा कोहि पनि जान हुँदैन किनकि यस समयमा स्वयम हरसिद्धि देवि नाच्ने जनविश्वास गरिन्छ । यस पश्चात तमनारिश्व महादेवको नाच सुरू हुन्छ ।

यस समयमा निसन्तानले आफ्नो सन्तान प्राप्तिको लागि ब्रत बसि पूजा गर्न सन्तान प्राप्त हुने जनविश्वास अनुरुप यस समयमा पूजा गर्न विभिन्न ठाउँबाट ब्रतालुहरु आउने गर्छन् ।

यसै चरणमा राधाकृष्ण, ब्रम्हाजू(स्वस्थानी) अनुसार नवराज गंगा स्ना, तर्पण गरेको अवस्था, गजानन्द हरिहर महादेवको रुपमा आएर नवराजलाई अभिषेक दिएको, मञ्जुश्रीले फूचोमाजु, धिनाचो माजुको शक्ति प्राप्त गरेर काठमाडौं उपत्यकोको पानी बाहिर पठाएको दृष्य पनि यसै चरणमा हुन्छ भने अग्नि देव र महादेवको नाच सुरू हुन्छ ।

यस नाचमा अग्निदेवताको रुपमा भष्मासुरुलाई देखाइन्छ । महादेवले भष्मासुरलाई जस्लाई जे छोए नि भष्महुने बरदान दिएपछि महादेवलाई लखेटेको नृत्य हुन्छ । यसपछि विक्रामादित्यको नाच सुरू हुन्छ जसमा विक्रमादित्यले उज्जैन नगरको पराश्त गरेर चक्रवति राजा बनेको झलक दिइन्छ । चार दिशाको राजा र विक्रमादित्य राजा विचके युद्ध भाव झलक प्रस्तुत पछि खानाको लागि विश्राम हुन्छ । विश्राम पश्चात मध्यान्हके नाच सुरू हुन्छ ।

मध्यान्हको समयमा डुन्डुबी राक्षसको रामचन्द्रले संघार गर्न नसकेपछि हरसिद्धि माईको पुकार र सहयोगले राक्षसको संघार गरेको दृष्य भावको साथै हनुमानले राम र सुग्रीवको मित्रता कायम गरेको नृत्य गरीन्छ ।

यो समयमा हनुमान, राम र सुग्रीवले एउटै तालमा फरक फरक नृत्य प्रस्तुत गर्छन् । यस पश्चात करिब दुई घण्टाको विश्राम हुन्छ । दुई घण्टाको विश्राम पछि रावणको संघारको नृत्य सुरू हुन्छ ।

यस नृत्यमा रावणको श्रीमति ताराले युद्धमा नजान र नर्गन गरेको विलापलाइ नकार्दै युद्धमा गएको दृष्य, रामचन्द्रले जति बाण प्रहार गरेतापनि रावणको संघार गर्न नसकेपछि सुग्रीवले हरिसिद्धि भवानीको मूल शक्ति महाकालीको खड्ग शक्ति प्राप्त गरेर रावणको संघार गर्न सफल भएको दृष्य भाव हेर्न पाउछ ।

यस नृत्य सकेपछि भागकल बलि आवहान गरिन्छ । यसरी रावणको संघार भएको खुशीयालीमा पशुबलि चढाउने र हरसिद्धि भवानिलाई चढाइन्छ । यस पछि बेताल भैरवको नाच सुरू हुन्छ यस नाचमा युद्धमा भएको लासहरुको साथै रगतहरुलाई पृथ्वीमा डुबाएर पृथ्वीलाई शान्त पारेको अवस्थाको दृष्यभाव देखाइन्छ । अन्तिममा सुग्रीवलाई राज्य हस्ताणतरण गरेर जात्रा सकाइन्छ । नेपालको पशुपति, मच्छिन्द्रनाथलाई जस्तै हरसिद्धिलाई पनि ठूलो मान्यता दिइएकाे छ ।

 

 

7115
Shares

ट्रेन्डिङ