सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • पाँच करोड फिरौती मागेकाे आराेपमा दुई जना पक्राउ

पाँच करोड फिरौती मागेकाे आराेपमा दुई जना पक्राउ

485
Shares
पाँच करोड फिरौती मागेकाे आराेपमा दुई जना पक्राउ

कास्की । पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. २, खुर्काेटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं. १४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । 

उनीहरुले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए । दर्जी र थापाको साथबाट पाँच सय ७२ ग्राम गाँजा, केही सिम, भरुवा बन्दुकमा लाग्ने केफ, लगायतका सामग्री बरामद भएको छ

485
Shares

ट्रेन्डिङ