सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • काभ्रेमा राप्रपाले निकाल्यो राके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग

काभ्रेमा राप्रपाले निकाल्यो राके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग

810
Shares
काभ्रेमा राप्रपाले निकाल्यो राके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काभ्रेले प्रधानमन्त्री र गृहमन्त्रिको राजीनामा मागेको छ। शुक्रबार साझँ बनेपा चारदोबाटोमा राप्रपाले राके जुलुस सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका हुन् ।

राप्रपा नेपालले गत २७ गते गरेको आन्दोलनमा बल प्रयोग गरेको र सहकारी ठगीमा संलग्नता देखिएको भन्दै गृहमन्त्री लामिछानेको राजिनामा माग गरेका हुन्। त्यस्तै प्रधानमन्त्री प्रचण्डलाई सहयोग गरेको र आन्दोलनमा बल प्रयोग गरेको र जनयुद्धमा १७ हजारको ज्यान लिएको भन्दै नाराबाजी गरेका थिए।

राप्रपा आन्दोलनमा गत चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा ठाकुरप्रसाद डाँगी लाई सहित धोषणा गर्नु पर्ने माग गर्दै उनको निधन भएको १२ औ दिनको दिन प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर उनी गम्भीर भएका थिए। अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएकोमा उनको वैशाक ३ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।

राप्रपा जिल्ला कार्यसमितिको आयोजनामा भएको राके जुलुसको क्रममा स्वर्गीय ठाकुर प्रसाद डाँगी लाई गणतन्त्रको पहिलो सहिद घोषणा गर्नु पर्ने, प्रधानमन्त्री ” प्रचण्ड ‘ गृहमन्त्रि लामिछानेको राजिनामा दिनु पर्ने जुलुस कर्ताको माग थियो।

अहिलेको सरकारलाई सरकार मान्न नसकिने जुलुसमा सहभागीको दाबी थियो। जुलुसमा राजसस्था पुन स्थापना गर। सहकारी ठग रबिलामिछाने मुर्दाबाद। गृहमन्त्रि राजिनामा दे। आतंङ्गकारी प्रचण्ड मुर्दाबाद। आतंङ्गकारी प्रचण्डलाई प्रधानमन्त्रि मान्दैनौ। रबि चोर देश छोड। लगाएतका नाराबाजी गरेका थिए।

810
Shares

ट्रेन्डिङ