सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

335
Shares
काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । 

भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको हो । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले  शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ ।

दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

335
Shares

ट्रेन्डिङ