रास्वपा सभापति रविले लगाए दाइको हातबाट टीका
काठमाडौं, कात्तिक ७: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्। मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन्। टीका ग्रहणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।