सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ आज

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ आज

400
Shares
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

गौशाला–२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई गएको पुस १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । 

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिबाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो । 

सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकीर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले सुनुवाइ थालेको हो । 

सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

400
Shares

ट्रेन्डिङ