सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

255
Shares
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् ।

यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  शनिबार पक्राउ गरेको हो ।

गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र(लाइसेन्स) जारी भएको भेटिएको थियो ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो ।

त्यो काममा विभागका इञ्जिनियर हरिश भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।

 

255
Shares

ट्रेन्डिङ