रासस प्रतिष्ठानमा नयाँ नेतृत्व
नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाको सातौँ अधिवेशनले नारायणप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । शाखाका उपाध्यक्षमा दिलीपप्रसाद शर्मा, महिला उपाध्यक्षमा मोहिनी मिश्र, सचिव पवित्रा गुरागाईं, सहसचिव अच्युत रेग्मी, समावेशी सहसचिव अभिलासा पोखरेल, कोषाध्यक्ष नारायणप्रसाद न्यौपाने, सदस्यहरु श्याम रिमाल, रोशा बस्नेत, शर्मिला पाठक र दिलीप अधिकारी चयन भएका छन् । […]