महिला दिवसका अवसरमा पदयात्रा
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘परिवर्तनका लागि पदयात्रा’ नारासहित आज ललितपुरमा पदयात्रा गरियो । नेपाल वातावरण पत्रकार समूह (नेवापस), फ्रिडम फोरम, रेस्टलेस, एन्टेना फाउन्डेसन, सिविनलगायत सामाजिक सङ्घसंस्थाको पहलमा आयोजित सो पदयात्रामा मुख्यरुपमा पुरुषहरुको सहभागिता थियो । ‘महिलाका लागि पुरुष’ लेखिएका प्लेकार्डसहित जाउलाखेलबाट सुरु भएको सो पदयात्रा मानभवन, कुमारीपाटी, लगनखेल हुँदै पाटन मङ्गलबजारमा पुगेर समापन भएको थियो […]