सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

सप्तरी बन्द फिर्ता

2935
Shares
सप्तरी बन्द फिर्ता

मधेसी मोर्चाले घोषणा गरेको अनिश्चितकालीन सप्तरी बन्द शनिबार बेलुकादेखि फिर्ता भएको छ ।मोर्चाले होलीलाई लक्षित गर्दै बन्द फिर्ता लिएको भए पनि यसपालिको होलीमा धेरै तडक भडक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
पाँच जनाको ज्यान जाने गरी सप्तरीको मलेठ गाविसमा भएको गोलीकाण्डको विरोधमा मधेसी मोर्चाले अनिश्चितकालीन सप्तरी जिल्ला बन्दको आह्वान गरेको थियो ।
तर, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन बन्द फिर्ता लिएको जानकारी गराएका छन् ।
मोर्चाले यसपटकको होली पर्व तडक भडकका साथ नमनाउन सम्पूर्ण जनतालाई अपील गरेको यादवले जनाएका छन् ।
सप्तरी बन्द फिर्ता लिइए पनि विरोधका अन्य कार्यक्रमहरु भने जारी रहने यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

2935
Shares

ट्रेन्डिङ