आज ७ लाख लिटर वितरण

आज ७ लाख लिटर वितरण

निगमले आज उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ। प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिए, ‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ।’
उनले मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेको बताए। उपभोक्तालाई बढी इन्धन सञ्चय नगर्न पनि उनले आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका