इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन सुरु
विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सो सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ शुभारम्भ गर्नुभयो । मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल हुनेछ । एसिया क्षेत्रका […]